४४४ ले जिते कोरोना, २४२ नयाँ थपिए, एकको मृत्यु


४ मंसिर २०७८, शनिबार
korona

काठमाडौं, ४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४,१४५ पीसीआर र २,९९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ जना पुगेको छ । कुल संक्रमितमध्ये ७,३०३ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ ।

उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । २३४ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७