अरू १० दल आए पनि फरक पर्दैन : ओली

‘फासेफुसेहरु कांग्रेसको औंला नसमाति हिंड्नै सक्दैनन्’


४ मंसिर २०७८, शनिबार
kpolinew123 4IF0qTfKdZ

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन अरू १० दल आए पनि कुनै फरक नपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंको वसन्तपुरमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिध्याउन पाँच दलीय गठबन्धन बनेको भन्दै अरू १० दल आए पनि कुनै फरक नपर्ने बताएका हुन् ।

उनले एमालेलाई कसैको वैशाखी टेकेर हिंड्नु पर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । आगामी निर्वाचनमा सत्ता गठबन्धनका केही दल नेपाली कांग्रेसको औंला नसमाती हिंड्नै नसक्ने तर्क पनि उनले गरे । आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिंड्नेहरूले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको उनले उल्लेख गरे । संसद्बाट प्रधानमन्त्री बन्नु र हट्नु पर्नेमा अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको आरोप लगाए ।

‘अब अरु फाँचफुच्चेहरु चाँही सँगै जान्छौं भन्छन् । अनि काँग्रेसको औंला नसमाति त हिंड्नै सक्दैनन् त, कसरी जाँदैनन् गइहाल्छन नि सँगसँगै । आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाई दिनेहरु, काँग्रेसको आंंैला समातेर हिँडन पल्केकाहरु, त्यो हिँडन खोज्छन नै’, उनले भने, ‘तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैशाखी टेकेर होईन, आफै चुनाव लडन सक्षम छ । आफैं चुनाव लड्छ, आफैं जित्छ ।

एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको जिकिर उनले गरे । अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष ओलीले अहिले एमाले सफा भएको भन्दै सुदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७