राष्ट्रपति निर्वाचनमा ५३६ मत खस्यो, को–को भए अनुपस्थित ?


२९ फाल्गुन २०७४, मंगलवार
Nepal presidnet election

काठमाडौं, २९ फागुन : राष्ट्रपति चयनका लागि आज संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी मतदान सकिएको छ । राष्ट्रपति चयनका लागि कूल ५३६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।Nepal presidnet election

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् । गणतन्त्र नेपालले डा रामवरण यादव र भण्डारीलाई राष्ट्रपतिका रुपमा पाइसकेको छ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट भएको हो । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् ९प्रतिनिधिसभा, राष्ट्रियसभाका ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएकोमा प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका थिए ।

प्रतिनिधिसभा सदस्यहरू डा.बाबुराम भट्टराई, रेशम चौधरी, प्रेम सुवाल, रमेशप्रसाद यादव र जितेन्द्रनारायण देव तथा प्रदेशसभा सदस्यहरू सुरेन्द्र गोसाई, हरिसरण आचार्य, हिमबहादुर शाही, सिर्जना सयजु, दिन पन्त, धनमाया पोखरेल लामा, कृण्णबहादुर चौधरी, प्रलाद गिरी शोभा शाक्य, प्रेमबहादुर तामाङ, विराजभक्त श्रेष्ठ, रमेश पौडेल र मनिषकुमार सुमन मतदानमा सहभागी भएनन् । राष्ट्रपति मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने तथा पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको अवधि हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७