६ जिल्ला बने कोरोनाका सक्रिय संक्रमित शून्य


४ मंसिर २०७८, शनिबार
korona 7

काठमाडौं, ४ मंसिर । हाल देशका ६ वटा जिल्लाहरूमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ओखलढुंगा, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोनाका सक्रिय संक्रमित छैनन् ।

यस्तै, काठमाडौं र ललितपुरमा ५०० जनाभन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पश्चिम, बाँके र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित छन् । नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७