२०७८ मंसिर ५ गते आइतबारको तपाईको राशिफल

विश्व टेलिभिजन दिवस


५ मंसिर २०७८, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । स्वास्थ्यमा सुधार पनि आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्ने छ । शुभकार्यको चर्चा रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज घर व्यवहारमा झमेला आउनसक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफ्नो वाक्चातुर्यले काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्ने छ । वाहन लाभ हुने समय छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने छ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कामको दायित्व बढ्ने छ । व्यवसायका लागि यात्रा सम्भावना छ, तर घरायसी व्यवहारबाट टाढै बस्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७