प्रदेश–२ मा नेकपा (एस) बाट दुई मन्त्रीले लिए शपथ


५ मंसिर २०७८, आईतवार
amdkfdkmgm1637470828

जनकपुर, ५ मंसिर । नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर–२ सरकारमा सहभागी भएको छ । आइतबार बिहान नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश मामिलामन्त्रीमा प्रमोद यादवलाई शपथ खुवाएका हुन् ।

अब प्रदेशमा चारदलीय गठबन्धनको सरकार भएको छ । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस तीन, नेकपा (एकीकृत समाजवादी) दुई र नेकपा (माओवादी केन्द्र) एक मन्त्रालयसहित सरकारमा छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख प्रतिपक्षी दल बनेको छ । नेकपा (एमाले) र लोसपा सरकार बाहिर छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७