दुलही बनिन् गायिका प्रविशा अधिकारी


५ मंसिर २०७८, आईतवार
prabisha and nirman 1

काठमाडौं, ५ मंसिर । गायिका प्रविशा अधिकारी बैवाहिक बन्धनमा बाँधिएकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।

प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’ का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित छन् । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको बुझिएको छ ।

गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए । निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’ की कोच समेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७