न्युजिल्याण्डलाई ‘क्लिन स्वीप’ गर्दै भारतले जित्यो टी–२० श्रृङ्खला


६ मंसिर २०७८, सोमबार
Capture 9

काठमाडौं, ६ मंसिर । भारतले न्युजिल्याण्डसँगको टी–२० सिरिज ‘क्लिन स्वीप’ गरेको छ । आइतबार भएको अन्तिम खेलमा न्युजिल्याण्डमाथि ७३ रनको जित हात पार्दै भारतले सिरिज ३–० ले जितेको हो ।

आइतबारको खेलमा भारतले पहिले ब्याटिङ गर्दै १८४ रनको विशाल स्कोर खडा गरेको थियो । भरतका लागि कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरेका थिए । न्युजिल्याण्डका मिचेल स्यान्टनरले ३ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १७ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १११ रन मात्र बनायो। न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले अर्धशतकीय पाली खेले पनि त्यो जितका लागि पर्याप्त भएन। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । न्युजिल्याण्डलाई सस्तैमा रोक्ने क्रममा भारतका अक्षर पटेलले केवल ९ रन दिँदै तीन विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७