चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठायो


६ मंसिर २०७८, सोमबार
train3 cZNvJQDT80 1

काठमाडौं, ६ मंसिर । चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ । चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल अफगानिस्तानका लागि छुटेको छ ।

चीनले पठाएको सहायता सामग्री १२ दिनभित्र अफगानिस्तान पुग्नेछ । सन् २०२१ देखि चीन–अफगानिस्तान मालवाहक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको मालवाहक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयात निर्यात भएको बताउनु भएको थियो । तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय सङ्कट बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७