भुपेन्द्र बडुवाल हत्या प्रकरण : फरार इन्सपेक्टरका भाइ इटहरीबाट पक्राउ


६ मंसिर २०७८, सोमबार
bhupendra murder case. NjcOk04GnZ

कैलाली, ६ मंसिर । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा फरार रहेका प्रहरीका इन्स्पेक्टरका भाइ मदन शाही पक्राउ परेका छन् ।

उनी इटहरीबाट पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । उनलाई केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी जनाएको छ । गएको साता टीकापुरामा भुपेन्द्रको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ ।

Bhupendra
हत्या गरिएका भुपेन्द्र बडुवाल

धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई सार्वजनिक गरिएको छ । यसअघि पक्राउ पर्नेहरु लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७