बार टोलीलाई नेता नेम्वाङले भने, ‘तपाईहरुमाथि प्रहरी हस्तक्षेप भएको सुनेर दुःख लाग्यो’


६ मंसिर २०७८, सोमबार
subash nembang scaled

काठमाडौं, ६ मंसिर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले न्यायालयमा अहिलेको अवस्था भरसक नआउनु पर्ने बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्तिका लागि सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको नेपाल बार एशोसिएसनको टोलीसँग नेम्वाङले यो विषय पार्टी अध्यक्ष र आजको स्थायी कमिटी बैठकमा राख्ने बताए । यस विषयमा पार्टीको ध्यानाकर्षण गराउन आफूले पहल गर्ने आश्वासन उनले दिए ।

नेम्वाङले बार एशोसिएसनको आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएकोमा आफूलाई दुख लागेको बताएका छन् । ‘दंगा प्रहरी हस्तक्षेपका कुरा सुनेर दुःख लागेको छ । दुःख व्यक्त गर्दछु । यसलाई ठीक निष्कर्षमा पु¥याउन सबै पक्ष लाग्नुपर्छ । यस्तो स्थिति नआएको भए हुन्थ्यो । अदालत र बार छलफल गरेको भए राम्रो हुन्थ्यो । तर बाहिर आयो यो राम्रो होइन,’ नेता नेम्वाङले भने ।

पूर्व सभामुख समेत रहेका नेम्वाङले उक्त ज्ञापनपत्र छिट्टै आफ्नो पार्टीमा बुझाउने बताएका थिए । साथै पार्टीको ध्यानाकर्षण गराउन पहल गर्ने उनको भनाइ थियो । बारले भने उक्त मुद्दा समाधानका लागि राजनीतिक दलहरूले पहलकदी गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७