सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा सुरु


६ मंसिर २०७८, सोमबार
citzen bank

काठमाडौं, ६ मंसिर । सिटिजन्स बैंकले काठमाडौंमा सोमबारदेखि काउन्टर विस्तार गरेको छ।

यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो।

बैंकले ग्राहकहरूलाई छिटो सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट विशेष बैंकिङ सेवा सुरु गरेको हो।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७