हङकङमा ‘स्वार्थी’ डिजाइनको मास्कको कारण फैलियो कोरोना संक्रमण


७ मंसिर २०७८, मंगलवार
regal airport hotel vPYmk1lGuS

काठमाडौं, ७ मंसिर । हङकङको रिगल एयरपोर्ट होटलमा बसेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । हङकङका अधिकारीहरुका अनुसार एउटै तलामा बसेका उनीहरुले प्रयोग गरेको मास्कको कारण संक्रमण एकअर्कामा फैलिएको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरुले पुनः प्रयोग गर्न सकिने भल्भ भएको मास्क लगाएका थिए । जीवविज्ञानका विशेषज्ञहरु यस्तो मास्कलाई ‘स्वार्थी’ डिजाइन भएको बताउँछन् । हङकङले कोरोना संक्रमण नियन्त्रणको लागि बाहिरबाट आउने सबैलाई होटल क्वारेन्टिनमा राख्दै आएको छ । साथै उसले होटल क्वारेन्टिनमा पनि संक्रमण नफैलियोस् भन्नका लागि विभिन्न मापदण्डहरु लगाइएको छ । यद्यपि संक्रमण भने रोकिन सकेको छैन ।

सीसीटीभीका अनुसार गत शनिबार होटलमा बसेका ३६ वर्षीय एक व्यक्तिमा गत साताको सोमबार कोरोना संक्रमण देखिएको थियो । उनले होटल क्वारेन्टिनमा बस्दा भल्भ भएको मास्क लगाउँथे । सोही मास्क लगाएर उनले खाना लिन र फोहोर फ्याँक्न बाहिर जान्थे । धेरै पटक त उनी ढोका खुलै राखेर मास्क नलगाई बस्ने गरेका थिए ।

सोही क्रममा विपरीततर्फको कोठामा बस्ने ६२ वर्षीय एक व्यक्तिमा संक्रमण सरेको अधिकारीहरुले बताएका छन् । उनलाई शनिबार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो । हङकङकको सूक्ष्म जीव विज्ञानकी प्राध्याक युएन क्वोक युङले भनिन्, ‘यस्ता मास्क स्वार्थी मास्क हुन् । यस्ता मास्कले सास लिँदा चाहिँ भाइरसलाई रोक्न सक्छ तर सास फेर्दा फिल्टर गर्दैैन, जुन राम्रो होइन ।’

अधिकारीहरुले एयरपोर्ट र होटलका कर्मचारीहरुले अगन्तुकलाई भल्भको सट्टामा सर्जिकल मास्क प्रयोग गर्न सुझाव दिनुपर्ने बताएका छन् । संक्रमण नियन्त्रणको लागि सर्जिकल मास्क निकै प्रभावकारी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । हङकङ कारोना संक्रमण शून्यमा झार्ने लक्ष्यमा अघि बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७