कञ्चनपुर ३ : लेखकको प्यानलसँग साउदको प्यानल पराजित


७ मंसिर २०७८, मंगलवार
Congress

कञ्चनपुर, ७ मंसिर । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा केन्द्रीय सदस्य रमेश लेखकको प्यानल विजयी भएको छ ।
मत परिणाम अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा लेखकको प्यानलसँग अर्का नेता एनपी साउदको प्यानल पराजित भएको हो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा लेखक प्यानलका केशवबहादुर चन्द वियजी भएका छन् । उनले ३३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी एनपी प्यानलका गणेश नेगीले १९३ मत मात्रै ल्याए ।

सचिवमा लेखक प्यानलकै नेता गंगादत्त भट्ट ३०१, उमेश प्रशाद जोशी ३०७, सहसचिव अर्जुनदत्त भट्ट ३४६, खडकबहादुर बस्नेत ३१९ मत ल्याएर निर्वाचित भएका छन् । एनपी प्यानलका सचिव शुशिला चन्दले २२६, बलाराम पन्तले १९०, सहसचिव विकास श्रेष्ठले १४५, धिरेन्द्रप्रसाद गुरुङ्गले १५९ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७