प्रधानन्यायाधीश जबराले तोके १० वटा इजलास, फुलकोर्ट बसेर गोलाप्रथा लागू गरिने


७ मंसिर २०७८, मंगलवार
cholendra

काठमाडौं, ७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा मंगलबारका लागि १० वटा इजलास तोकेका छन् । जबराले आफूलाई भने पेसी तोकेका छैनन् ।

मंगलबारका लागि नौं संयुक्तसहित एक एकल इजलास तोकिएको छ भने बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ । नियमावली राजपत्रमा प्रकाशितसँगै गोलाप्रथाबाट इजलास तोकिने भनिएको भए पनि प्रधानन्यायाधीश जबराले मंगलबारका लागि इजलास तोकेका हुन् ।

सर्वोच्चको फुलकोर्टले पारित गरेको नियमावली अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्न मिति तोक्ने छ । जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७