३५१ मा कोरोना संक्रमण, नौं जनाको मृत्यु


७ मंसिर २०७८, मंगलवार
korona

काठमाडौं, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८,७२९ पीसीआर र १,४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ ।

सोही अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । ९८ जना क्वारेन्टाइनमा छन् । २२३ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७