दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा


७ मंसिर २०७८, मंगलवार
BLB photo

काठमाडौं,७ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनलले ८६ औं शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले दाङको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी होति देवि वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७