रुपन्देहीमा पौडेल पक्षका उम्मेद्वार कुटिएपछि धनराज गुरुङको आक्रोश


८ मंसिर २०७८, बुधबार
dirgha

रुपन्देही, ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले रुपन्देही क्षेत्र नम्बर २ मा पार्टीको क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा बुटवलमा भएको झडपलाई ‘पार्टी कब्जाको हर्कत’ को संज्ञा दिएका छन् ।

त्यहाँ बुधबार दुई पक्षबीच झडप हुँदा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी कुमार घाइते भएका छन् । उनी पौडेल पक्षका उम्मेदवार हुन् ।

Dhanraj Gurung

उनले मंगलबार राति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्, ‘यो समाचार पढेपछि पार्टी कब्जा गर्न कुन हदसम्मको हर्कत गरिरहेका छन् भन्ने कुरा प्रष्ट हुँदैन र ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७