एमाले केन्द्रीय सदस्यमा महासचिव सापकोटाको उम्मेदवारी घोषणा


८ मंसिर २०७८, बुधबार
Bhagirath Sapkota

काठमाडौं, ८ मंसिर : नेकपा (एमाले)का नेता तथा एमाले निकट उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका महासचिव भगीरथ सापकोटाले १० औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सापकोटाले उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् ।

सापकोटा अनेरास्ववियुको राजनीतिबाट स्थापित नेता हुन् । सापकोटा बि.स.२०४९ सालमा अनेरास्ववियु नवलपरासीका अध्यक्ष थिए । सापकोटा २०५६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटीका कोषाध्यक्ष, २०५७ सालमा अनुशासन आयोगका प्रमुखको जिम्मेवारीमा थिए । यसैगरी उनी लुम्बीनि–काठमाडौं सम्पर्क मञ्च हुदैं अहिले उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको महासचिवको भूमिकामा छन् ।

लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सापकोटाले १० औं महाधिवेशनमा केन्द्रीय कमिटीमा उम्मेदवारी दिने जानकारी दिए । चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन हुँदैछ ।

राजनीतिक क्रान्ति पुरा गरेर मुलुक आर्थिक क्रान्तिको बाटोमा गइरहेको सन्र्दभमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व पार्टीमा जरुरी रहेको उनको भनाई छ । ‘राष्ट्रिय पुँजीको बिकास गर्दे मुलुकलाई समाजवादको बाटोमा लैजानका लागि राष्ट्रिय पुँजीको बिकासमा लागेका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व पार्टीको नेतृत्वमा पनि जरुरी छ,’ उनले भने, ‘त्यसैले मैले उम्मेदवारी दिन लागेको हुँ ।’

हरेक कार्यकर्ताहरुलाई उत्पादसँग जोड्नु आजको आबश्यकता रहेको उनको भनाई छ । ‘नेता तथा कार्यकर्ताहरुलाई उत्पादनमा जोड्नका लागि पनि नीतिगत स्थानमा उद्योगहरुको प्रतिनिधित्व जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७