पाँचथरमा संस्थापन पक्षका जवेगु कांग्रेस जिल्ला सभापति निर्वाचित


८ मंसिर २०७८, बुधबार
rup narayan jagebu11637740485

पाँचथर, ८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरको अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला अधिवेशनबाट सभापतिमा रूपनारायण जवेगु पार्टी सभपातिमा निर्वाचित भएका छन् । उनले सभापतिमा पौडेल समूहका उमेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका हुन् ।

कुल खसेको एक हजार ७७ मतमध्ये जवेगुले ६३४ मत प्राप्त गरे । दाहालले ४१६ मत पाए । जिल्ला उपसभापतिमा दुवै पौडेल समूहका नेताहरु विजयी भएका छन् । वृजहाङ आङदेम्बे र डिकेन्द्र चेम्जोङ विजयी भएका छन् । उनीहरुले मणिचन्द्र चेम्जोङ र सागरबहादुर अधिकारीलाई पराजित गरेका छन् ।

आङदेम्बेले ६२५ र चेम्जोङले ४५१ मत प्राप्त गरे । पराजित मणिचन्द्रले ४३३ र अधिकारीले ४४० मत पाए । यस्तै, सचिवमा देउवा समूहबाट दीपक नेपाल विजयी भएका छन् । अर्को सचिवमा पौडेल समूहका डेकेन्द्र तामाङ विजयी भएका छन् । सचिवमा विजयी नेपालले ५२७ र तामाङले ४७० मत प्राप्त गरे ।

सहसचिवमा पनि दुवै समूहका एक-एक जना विजयी भएका छन् । देउवा समूहबाट गजेन्द्र राईले ४९९ मत ल्याउँदै जित हासिल गरे । अर्का सहसचिवमा विजयीसन्तोष श्रेष्ठले ६०८ मत ल्याए । उनी पौडेल समूहका उमेदवार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७