देशको समृद्धिका लागि एमसिसी पास गर्नुपर्छ : शेखर गोल्छा


८ मंसिर २०७८, बुधबार
1637748672 udhogi 1200x560 1

काठमाडौं, ८ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीतिगत समस्याका कारण विदेशी लगानीलाई ल्याउन नसकिएको बताउँदै एमसिसी देशका लागि जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले भने, ‘एमसीसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्न सक्छ’ त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ ।’

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको बताए । उनले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गरेको जनाए । उनले अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएकाले सो समस्याको सम्बोधन बैंकले गर्नुपर्नेमा पनि जोड दिए ।

‘सीडी रेसियोलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दामाथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले निजी क्षेत्र प्रभावित हुन पुगेको छ ।’ उनले व्यवसायका लािग लगानीको अभाव हुन थालेको बताउँदै सो समस्या समाधानका लागि राष्ट्र बैंकले ध्यान दिनुपर्ने सुझाए ।

यस्तै सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकार समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेको बताए । ‘जति गर्नुपर्ने थियो, त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ’, उनले भने ।

उनले कोभिड १९ प्रभावलाई चुनौतीको रुपमा नभई अवसरको रुपमा लिनुपर्नेमा जोड दिए । ‘सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइ दियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७