‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’ को आवेदन खुल्यो


८ मंसिर २०७८, बुधबार
2 12

काठमाडौं, ८ मंसिर । विवाहित महिलाहरुका लागि आयोजना हुँदै आएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल–२०२१’ पाँचौं सँस्करणका लागि आवेदन खुलेको छ ।

विवाहित महिलाहरुको व्यक्तित्व विकास, वाक कला तथा नेतृत्वदायी क्षमताको विकासको गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि सिजन मिडिया प्रालिले यस प्रतियोगिता गराउँदै आएको छ । कोभिड महामारीलाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिने सिजन मिडिया प्रालिका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिएका छन् । ।

विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक, सांस्कृतिक अभियानहरु चलाउँदै आएको मिडिया प्रालिले विगत ५ वर्षदेखि यस कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । प्रतियोगितामा उपत्यका र बाहिरबाट गरी २५ प्रतियोगीलाई समावेश गराइने छ । पहिलो चरणको छनौट कार्यक्रम आउँदो पुस पहिलो साता हुनेछ ।

3 6

छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, वाक कला, शारीरिक ‘फिटनेस’, जुम्वा, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानरसम्वन्धी प्रशिक्षण साथै महिला अधिकारसम्वन्धी ज्ञान–सीप प्रदान गरिने छ । यस्तै स्टेजमा हिड्न, बोल्न र प्रश्नोत्तर सिकाइने छ । स्टेज पर्फमेन्स, क्याट वाकलगायतका विधामा कोरियोग्राफर रोजिन शाक्यले गु्रमिङ गर्ने जनाइएको छ । यस्तै नेपालका विभिन्न कलाकार, पत्रकार, मानव अधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया गराइने छ ।

प्रतियोगिताका विजेताहरुले ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल–२०२१’ को उपाधिसहित फ्रिज, टेलिभिजन, हिटर साथै घरायसी उपहारका सामग्रीहरु र मलेसिया भ्रमणका लागि ३ जना विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ । यस्तै लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७