तालिबानको कब्जापछि २५७ मिडिया बन्द


९ मंसिर २०७८, बिहीबार
afghan media 20211125014451 1

काठमाडौं, ९ मंसिर । अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा २५७ सञ्चारमाध्यम बन्द भएका छन् । नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई) ले बुधबार तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेट बन्द भएको तथ्य सार्वजनिक गरेको हो ।

सञ्चालनमा रहेका सञ्चारमाध्यमले पनि अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्न नसकिरहेको उक्त संस्थाको अध्ययनले देखाएको छ । टोलो न्युजका अनुसार सञ्चारमाध्यम बन्द गर्दा मुद्रण, रेडियो र टीभी स्टेसनमा काम गर्ने ७० प्रतिशतभन्दा बढी सञ्चारकर्मीले रोजगारी गुमाएका छन् । उनीहरूमध्ये धेरै विदेश पलायन भएको जनाइएको छ । टोलो न्युजले एक पत्रकारको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘उनीहरू (इस्लामिक इमिरेट)ले संवाददाताका लागि काम गर्न भनेका थिए । तर, हामी यसबाट सकारात्मक परिणाम आउने देख्दैनौं ।’

वरिष्ठ सञ्चारकर्मी अब्दुरकिब फयाजले हालै सूचनाको पहुँच सीमित भएको बताए । भने, ‘सञ्चारमाध्यमलाई नियन्त्रण गर्न ल्याएको पछिल्लो नीतिले सञ्चारमाध्यमका गतिविधिमा प्रतिबन्धको चिन्ता बढाएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७