सांसद प्रदीप यादवलाई जसपाले केन्द्रीय सदस्यबाट हटायो


९ मंसिर २०७८, बिहीबार
pradeepyadav
फाइल फोटो

काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले सांसद समेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारबाही गरेको छ । यादवलाई केन्द्रीय सदस्यबाट हटाइएको हो ।

उनलाई साधारण सदस्य कायम राखिएको छ । त्यसले सांसदबाट कारबाही हुने अवस्था भने निर्माण भएको छैन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टी फुटाउने प्रयास गरेका यादवलाई सरकार परिवर्तनपश्चात् मन्त्री नबनाएपछि उनको क्षेत्रबाट आएका कार्यकर्ताहरुले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । अध्यक्ष उपेन्द्र यादवको पुतला समेत जलाएका थिए ।

उक्त प्रकरणमा अध्यक्ष यादवकै प्रस्तावमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको हो । जसपा नेता इस्तियाक राईका अनुसार यादवका विषयमा छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ ।

‘प्रदीपजीका विषयमा छानबिन गर्न समिति बनेको छ, त्यो समितिले उहाँका विषयमा छानबिन गर्छ’, राईले भने, ‘छानबिनमा उहाँ निर्दोष देखिनु भयो भने उहाँमाथिको कारबाही फिर्ता हुन्छ । आरोप प्रमाणित भए कारबाही यथावत् रहन्छ ।’ मन्त्री नबनाएको भन्दै यादवको क्षेत्रबाट आएका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएको तथा पार्टी कार्यालयमा तालाबन्दी गरेको घटनामा यादवको संलग्नता रहेको वा कार्यकर्ताले स्वस्फूर्त गरेको विषयमा समितिले छानबिन गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७