अभिनेत्री रेखा थापा राजेन्द्र लिङ्देनको पक्षमा


९ मंसिर २०७८, बिहीबार
rekah thapa KFwkCl7T8e

काठमाडौं, ९ मंसिर । राप्रपाको आसन्न महाधिवेशनमा अभिनेत्री रेखा थापाले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका राजेन्द्र लिङ्देनको पक्षमा खुलेकी छिन् । मंसिर १५ देखि शुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार आयोजित उम्मेदवारी घोषणामा अभिनेत्री थापा पनि सहभागी भएकी छिन् ।

सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनु पर्छ भन्ने बहस चलिरहेको बताउँदै उनले त्यसैले आफूले राजेन्द्रजीलाई साथ दिएको थापाले बताइन् । महाधिवेशनमा लिङ्देनलाई साथ दिँदा कमल थापाको साथ छाडेको भन्ने अर्थमा नबुझ्न पनि उनले आग्रह गरिन् ।

२०७३ सालमा तत्कालीन राप्रपाका अध्यक्ष कमल थापाको बिचार मन परेको भन्दै रेखा माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । अघिल्लो महाधिवेशनमा रेखा र कोमल ओलीले अत्याधिक मतका साथ केन्द्रीय सदस्य जितेका थिए । कोमल यतिबेला एमालेमा लागिसकेकी छन् भने रेखा राप्रपामै छिन् ।

रेखा थापा २०७३ सालमा तत्कालीन राप्रपाका अध्यक्ष कमल थापाको विचार मन प¥यो राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । अध्यक्ष कमल थापाले टीका लगाएर उनलाई पार्टीमा प्रवेश गराएका थिए । थापालाई राप्रपा प्रवेश गराउने काम कोमल वलीले गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७