ओखलढुङ्गा कांग्रेस सभापतिमा देउवा पक्षका खनाल निर्वाचित


९ मंसिर २०७८, बिहीबार
tejendra khanal2021 11 25 12 34 26

ओखलढुङ्गा, ९ मंसिर । नेपाली कांग्रेस ओखलढुङ्गा सभापतिमा तेजेन्द्र खनाल निर्वाचित भएका छन् । पार्टीको १४औँ जिल्ला अधिवेशनमा कोइराला–पौडेल पक्षका बालकृष्ण दाहाललाई ९० मतान्तरले पराजित गर्दै देउवा पक्षका खनाल विजयी भएका हुन् । विजयी खनालले सात सय एक मत ल्याउँदा उनका प्रतिद्वन्द्वी दाहालले ६११ मत ल्याएका थिए ।

उपसभापतिमा ७८२ मतसहित कमल तामाङ र ६५४ मतसहित नवराज केसी विजयी भएका छन् । तामाङ दाहाल समूह र केसी खनाल समूहका हुन् । खनाल समूहका उपसभापतिका अर्का उम्मेदवार भूपेन्द्र बस्नेतले ६ सय एक र दाहाल समूहका उपसभापतिका उम्मेदवार शान्तिराज खड्काले ४१९ मत ल्याएका थिए । सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना निर्वाचित भएका छन् । लुइँटेलले ७२१ र ढुंगानाले ६६२ मत ल्याएका थिए । उनीहरू दुवैजना खनाल समूहका हुन् । दाहाल समूहका सचिवका उम्मेदवार विनोद केसीले ५६९ र राजाबाबु किराँतीले ४९० मत ल्याएका थिए ।

सहसचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । दाहाल समूहका उम्मेदवार बुढाथोकीले ७१७ मत र खनाल समूहका उम्मेदवार श्रेष्ठले ६७२ मत ल्याएका छन् । खनाल समूहबाट सहसचिवका उम्मेदवार प्रदीप बानियाँले ६२२ र दाहाल समूहका टेकबहादुर खड्काले ४४९ मत ल्याएका थिए ।

जिल्ला समितिमा तेजेन्द्र प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् । दुई प्रादेशिक निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा दुईजना प्रदेश प्रतिनिधिबाहेक सबै खनाल प्यानलका उम्मेदवार विजयी भएका छन् । खनाललाई जिताउन कांग्रेस नेताहरू पूर्वसांसद रामहरि खतिवडा, निवर्तमान पार्टी सभापति प्रदीप सुनुवार, तथा रुद्र अधिकारीलगायत नेताहरू लागेका थिए । जिल्लामा कुल एक हजार ४४३ क्षेत्रीय प्रतिनिधि रहेकामा एक हजार ३५३ मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७