त्रिविका शिक्षक र कर्मचारीले बिना धितो १५ लाखसम्म कर्जा पाउने


९ मंसिर २०७८, बिहीबार
tu

काठमाडौं, ९ मंसिर । त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले नेपाल बैंकबाट बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन् । बैंक र विश्वविद्यालयबीच बिना धितो कर्जा उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

विश्वविद्यालयको सिफारिसमा कार्यरत प्राध्यापक तथा कर्मचारीलाई बैंकले आम्दानीको आधारमा बिना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त वास्तोला र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा अधिकारीले देशका दुई जेठा संस्थाहरुबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सम्झौताबाट विश्वविद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वित हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७