निधिले मंसिर २१ गते प्यानलसहित उम्मेदवारी दर्ता गर्ने

‘कांग्रेसलाई १ नम्बर पार्टी बनाउँछु, देउवा–पौडेललाई सर्वोच्च नेता बनाउँछु’


९ मंसिर २०७८, बिहीबार
bimalendra nidhi

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मंसिर २१ गते प्यानलसहित महाधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने बताएका छन् । बिहीबार निधिले पार्टीको १४औं महाधिवेशनमा सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनेर २३ बुँदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् । उनले वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने कांग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । निधिले आफू सभापति बने आगामी निर्वाचनमा कांग्रेसलाई जनमतबाट १ नम्बर पार्टी बनाउने पनि उद्घोष गरेका छन् ।

उनले नेपाली कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको प्रणाली लागु गर्ने पनि बताएका छन् । निधिले पूरै राजनीति र कांग्रेसप्रति युवा पुस्ताको आकर्षण बढाउन आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आफू सभापति भएमा शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई सर्वोच्च नेता बनाउने योजना आफ्नो रहेको बताएका छन् ।

डडेलधुरामा पुनः अधिवेशन हुनुपर्छ : निधि
विगतको क्रुर हिंसामा परेकाहरूका लागि नेपाली कांग्रेसले साथीको भूमिका उभ्याउने र उनीहरूलाई न्याय दिलाउन राज्यलाई बाध्य पार्ने उनको प्रतिबद्धता छ । उनले संविधानमा भएका तर कार्यान्वयनमा नभएका नेपाल प्रहरी र निजामितसम्बन्धी प्रदेशका अधिकार स्थापित गराउनेदेखि जनताको गुनासो सुन्न र सम्बन्धित निकायमा पु¥याउन ’जय नेपाल गुनासो सुनुवाइ’ सेवा आरम्भ गर्ने पनि घोषणा गरेका छन् । उनको प्रतिवद्धता र योजनापत्रमा वर्तमान संविधानको स्वीकार्यता विस्तार गर्दै संविधानको रक्षा गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७