एमाले महाधिवेशनले चितवन काँग्रेसको जिल्ला अधिवेशन स्थगन


१० मंसिर २०७८, शुक्रबार
Congress

चितवन, १० मंसिर । नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औं राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको काँग्रेसले जनाएको छ ।

एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको काँग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । ‘यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ’, उनले भने ।

मंसिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समितिलाई जिल्ला कार्यसमितिले पत्र लेखेको छ । प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशनपछि सार्दा समेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७