प्रधानमन्त्रीका भतिज प्रकाश सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित


१० मंसिर २०७८, शुक्रबार
prakash bahadur deuwa pLX5AWBigT

कैलाली, १० मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा अत्याधिक मतसहित काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री देउवाका भतिज रहेका प्रकाश स्वकीय सचिव समेत हुन् । प्रकाश कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ सर्वाधिक मतसहित विजयी भएका हुन् ।

खुलातर्फबाट प्रतिस्पर्धा गरेका प्रकाशले ३०३ मत प्राप्त गरेका थिए । प्रकाश धनगढी उपमहानगरपालिका वडा नम्वर ४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । गत आम निर्वाचनमा देउवा पत्नी आरजु राणाको चुनाव लडेको निर्वाचन क्षेत्रबाट प्रकाशले महाधिवेशन प्रतिनिधि जितेका हुन् । राणा भने डडेल्धुराबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७