हदप्रद शेयर जारी गर्दै नेपाल फाइनान्स लिमिटेड


३० फाल्गुन २०७४, बुधबार
nepal finance

काठमाडौं, ३० फागुन : नेपाल फाइनान्स लिमिटेड (नेफिन्स्को) काठमाडौंले नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार हदप्रद शेयर जारी गर्ने तयारी गरेको छ ।nepal finance

नेपाल फाइनान्सको विशेष साधारणसभाले हाल कायम भएको चुक्ता पुूँजीमा एक शेयर बराबर एक दशमलब दुई पाँच कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत वित्त कम्पनीको अधिकृत पूँजी, जारी पुँजी र चुक्ता पुूँजी वृद्धि गर्ने समेत निर्णय गरेको छ । फागुन २९ गते आयोजित विशेष साधारणसभाबाट संस्थापक समूहबाट प्रा. हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागतरत्न कंसाकारलाई फाइनान्सको सञ्चालक समितिमा निर्विरोध चयन गरिएको छ ।

साधारणसभा नेफिन्स्कोका सञ्चालक समिति-व्यवस्थापन समूहका संयोजक झलक शर्मा आचार्यको संयोजकत्वमा भएको थियो । यस वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकबाट २०७३ मंसिर २३ गते व्यवस्थापन नियन्त्रणमा लिएको फाइनान्सको कारोबार अहिले समस्यामुक्त भइसकेको छ । संस्थाले नियमित आफ्ना आर्थिक गतिविधिहरु सञ्चालन गरिरहेको सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७