लोकतन्त्रको नाममा देश सर्वसत्तावाद उन्मुख : कमल थापा


१० मंसिर २०७८, शुक्रबार
kamal thapa 5

काठमाडौं, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद उन्मुख भएको बताएका छन् ।

नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै थापाले अब कहाँ जान भनेर हिँडेका थियौं, कहाँ आइपुगेका छौं भन्ने विषयको समीक्षा गर्ने वेला आएको बताए। देशमा योजनाबद्ध रूपमा गरिँदै आएको धर्म परिवर्तनले सनातन संस्कृतिलाई समाप्त पार्न खोजेको भन्दै त्यसतर्फ सचेत रहन उनले आग्रह गरे ।

उनले देशमा बाह्य शक्तिको चलखेल बढेको बताए । यो परिस्थितिमा एमाले महाधिवेशनले साहसिक निर्णय लिनुपर्ने उनको भनाइ छ । लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्नु केपी ओलीको महत्वपूर्ण विषय भएको उनले बताए । विप्लव र सिके राउतलाई मूलधारमा ल्याएको भन्दै उनले ओलीको प्रशंसा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७