मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा


१० मंसिर २०७८, शुक्रबार
sitarana magar edt 20211126095333

काठमाडौं, १० मंसिर । आइसिसी वुमन्स टी–२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपाल ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।

दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १० बल बाँकी रहँदा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी ओपनर इन्दु बर्मा ८ बलमा ४ रन बनाउँदै आउट भइन् । सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । कप्तान रुविना क्षेत्री २० रन बनाउँदै आउट भए । सीता र रुविनाले ४८ रनको साझेदारी गरेका थिए । कविता जोशी १६ बलमा १० रन बनाएर रन आउट भइन् । सरिता मगर १५ रनमा अविजित रहिन् ।

खेलमा नेपालकि सीता राना मगर प्लेयर आफ द म्यान घोषित भइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७