३०२ ले जिते कोरोना, २७० मा संक्रमण, दुईको मृत्यु

थप एक लाख ९६ हजारले लगाए कोरोनाविरुद्धको खोप


१० मंसिर २०७८, शुक्रबार
korona

काठमाडौं, १० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख एक ७२२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७