एमाले महाधिवेशन : घनश्याम भुसालको उपाध्यक्षमा उम्मेदवारी


१० मंसिर २०७८, शुक्रबार
ghanashyam bhusal

चितवन, १० मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा दावी गर्ने बताएका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।

आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कलबाजी चलिरहेको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्षमध्ये एकमा उम्मेदवारी बताएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिशेन शुक्रबारदेखि चितवनमा शुरु भएको छ । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्द सत्र शुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सी मतदान गरिनेछ । यद्यपि अध्यक्षसहित केन्द्रीय पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७