एमाले महाधिवेशन : अध्यक्ष पदमा भोट माग्दै भीम रावल

‘फिर्ता लिनका लागि उम्मेद्वारी घोषणा गरेको होइन’


११ मंसिर २०७८, शनिबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

चितवन, ११ मंसिर । नेकपा एमालेको आगामी नेतृत्व सर्वसम्मत बनाउने प्रयास जारी रहेका बेला अध्यक्षमा केपी शर्मा ओलीलाई टक्कर दिएका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि भोट माग्न थालेका छन् ।

चितवनमा जारी एमालेको जारी १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष रावलले आज (शनिबार) बन्द सत्र शुरु हुँदै गर्दा आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरिरहेका छन् ।

यद्यपि अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सहभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् ।
शुक्रबार राति नेता रावलले शनिबार उम्मेदवारी दिने बताएका थिए । शनिबार दिउँसो उम्मेदवारी दिनुअघि नै उनले प्रतिनिधिहरूलाई भेट्दै भोट मागिरहेका छन् ।

अध्यक्ष ओलीले भने नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउन भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी, पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए । नयाँ प्रस्ताव अनुसार रावलसहित असन्तुष्ट नेताहरूलाई पनि समेटिने अपेक्षा गरिएको थियो ।

रावलले भने शनिबार दिउँसोसम्म आफू अध्यक्ष पदको उम्मेदवारीबाट पछि नहट्ने बताउँदै आएका छन् । उनले ‘पछि’ हट्नका लागि अध्यक्षमा उम्मेद्वारी नदिएको बताएका छन् । उनले एक मत मात्र आए पनि अध्यक्षमा लड्ने बताइरहेका छन् । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा घोषणा गरेको उम्मेदवारी फिर्ता नहुने अडान लिएका छन् ।

बन्द सत्र शुरु हुनुअघि रावलले सहमतिका बारेमा अध्यक्ष ओलीले कुनै छलफल नगरेको बताएका छन् । ‘मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरिसकेको छु । अब मेरो उम्मेदवारी पर्छ’ उनले थपे, ‘सहमति खोज्ने कुरामा कहाँ के कुरा भयो मलाइ थाहा छैन ।’ नेपालको संविधान र नेकपा एमालेको विधानले जनतालाई आफ्नो प्रतिनिधि चुन्ने र चुनिने ब्यवस्था गरेकोले त्यस व्यवस्थाप्रति आफू विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७