फेरि पूरानै अडानमा ओली, भने, ‘आवश्यक्ताका आधारमा मात्र संविधान संशोधन हुन्छ’


३० फाल्गुन २०७४, बुधबार
Kp sharma oli prime ministar of nepal
k|wfgdGqL cf]nL k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ a;]sf] k|ltlglw;efsf] a}7sdf cfˆgf] kIfdf ljZjf;sf] dt lbg cfu|x ug{‘x’Fb} . tl:a/M /Tg >]i7, /f;;

काठमाडौं, ३० फागुन : प्रधानमन्त्री बनेपछि एकाएक बदलिएको केपी शर्मा ओलीको अडान फेरि पूरानै अडानमा ओर्लिएको छ । नेकपा एमाको अध्यक्ष मात्र रहेका बेला संविधान संशोधन हुनुपर्ने मधेसी दलहरुको मागलाई तत्काल सम्वोधन गर्न नसकिने बताउने ओली अहिले फेरि सोही अडानमा ओर्लिएका छन् ।

PM KP Oli 1
फाइल तस्वीर

प्रधानमन्त्री बनेपछि संविधान संशोधनका लागि तयार हुँदै मधेसी दलहरुलाई पनि सरकारमा ल्याउने तयारी गरिरहेका ओलीले अहिले फेरि पूरानै बोली दोहोर्‍याएका छन् । उनले आवश्यकक्त र औचित्यका आधारमा मात्र संविधान संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा, राष्टिकयसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा बालुवाटारमा आयोजित चियापानलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समयको मागअनुसार संशोधन हुन्छ ।’ उनले अघि भने, देशलाई नोक्सानी हुने, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संशोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागि पर्ने पनि बताएका छन् । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ’ उनले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने दोहोर्‍याए । सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने जस्ता प्रचार गरेर भ्रम छर्न खोजेको भन्दै उनले भने, ‘यस्ताभ्रममा पर्नु हुँदैन ।

सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय अब सकियो ।’ प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले सांसद भएको भन्दै उनले सांसदका हरेक गतिविधि जनताको हितका निम्ति हुनु पर्ने बताए । ‘जनताले जे कुरा मन पराउँछन्, त्यो गर्नुहोस् । जे मन पराउँदैनन् त्यो गदै नगर्नुस्’ उनले भने । कार्यक्रममा एमाले, माओवादी केन्द्र, फोरम र राजपाका प्रतिनिधिसभा, राष्टिकयसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७