भीरबाट लडेका किशोरको समयमै उपचार नपाउँदा गयो ज्यान


११ मंसिर २०७८, शनिबार
death

हुम्ला, ११ मंसिर । वनमा बाख्रा चराउने क्रममा लडेर घाइते एक किशोरले समयमा उपचार नपाउँदा ज्यान गएको छ । हुम्लाको चंखेली गाउँपालिका–४ का १६ वर्षीय महेश रावल बाख्रा चराउने क्रममा शुक्रबार लडेर घाइते भएका थिए ।

समयमै स्थानीय तहका जनप्रनिधिसँग हेलिकोप्टरको पहल गरी दिन परिवारले माग गर्दा पनि कुनै निकायबाट पहल नभएपछि घाइते रावललाई सडकमार्गबाट ७-८ घण्टापछि बाजुराको कोल्टी पुर्‍याइएको थियो । तीन घण्टा पैदल बोकेर चंखेली गाउँपालिका–४ पुर्याएको र सल्लीसल्लााबाट गाडीमा बाजुरा पुर्‍याएकाले उपचारमा ढिलासुस्ती हुँदा मृत्यु भएको मृतकका काका पुनिमल रावलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७