‘माघी’ पर्वमा रमाए थारू समुदाय (फाेटाेफिचर)


६ भाद्र २०७४, मंगलवार
maghi 3 1

काडमाडाैँ : थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व राजधानीको टुँडीखेलमा हर्षोल्लासका साथ मनाएका छन् । मुलुकका विभिन्न भागबाट अाएर उपत्यकामा बस्दै आएका थारु समुदायले शनिबार सामूहिक रुपमा माघी पर्व मनाएकाे हाे।

tharu maghi parba

थारु विद्यार्थी समाज तथा विभिन्न २९ थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सवको आयोजना भएको हो। पर्वमा थारु संस्कृति, भेषभूषा, बाजागाजा र परम्परागत थारु नाचगान प्रस्तुत भए। साथै, महोत्सवमा घुँगी, केकरा, ढिक्री, लड्डुसँगै विभिन्न मासुका परिकार पनि छन्।

माघीसङ्क्रान्तिको अघि पछि गरी चार÷ पाँच दिनसम्म मनाइने यो पर्वका बेला प्रत्येक गाउँको मूलघरमा भेला भई खानपिन गरेर रमाइलो गर्ने, प्रत्येक घरमा अंशवण्डा सम्बन्धी काम गर्ने, वर्षभरीमा गाउँमा काम गर्दा भएका कमी कमजोरी सच्याउने प्रतिबद्धता गर्ने गरिन्छ । पर्वका बेला आ–आफ्ना विवाहिता छोरीबहिनीलाई घरमा बोलाई दक्षिणाको रुपमा निसराउ अर्थात् नुन र चामल दिने प्रचलन पनि छ ।

maghi tudikel 6

maghi tudikel 5

maghi tudikel 4

maghi tudikel 3

maghi tudikel 2

maghi tudikel 1

maghi

maghi 1

maghi 2

maghi 3

maghi 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७