फेसबुक ‘राक्षस बन्दै’


३० फाल्गुन २०७४, बुधबार
facebook

काठमाडौं, ३० फागुन : संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जाल फेसबुकले म्यानमारमा रोहिंज्या मुसलमानविरूद्ध घृणा फैलाउने दिशामा ‘उल्लेख्य भूमिका’ खेलिरहेको बताएका छन् ।facebook

म्यानमारमा भएको आरोपित नरसंहारबारे अनुसन्धान गरिरहेको एउटा छानबिन टोलीले ‘फेसबुक राक्षस बनेको’ जनाएको छ । रखाइन राज्यमा गत अगष्टमा म्यानमारको सेनाले ‘विद्रोही’ विरूद्ध कार्बाही थालेयता करीब ७ लाख रोहिंज्या मुसलमानहरू भागेर बांग्लादेश पुगेका छन् । फेसबुकले ‘घृणाको अभिव्यक्तिका लागि कुनै ठाउँ नरहेको’ जनाएको छ ।100409200 100397310 a313364d 02a9 41c5 91b4 8df003f988c6

फेसबुककी एक जना प्रवक्ताले भनिन्, ‘हामीले यसलाई एकदमै गम्भीर रूपमा लिएका छौं र म्यानमारमा विज्ञहरूसँग सुरक्षाका उपायहरू विकास गर्न तथा त्यस्ता अभिव्यक्तिविरूद्धको अभियानबारे कैयौँ वर्षदेखि काम गर्दै आएका छौं ।’ ‘त्यसअन्तर्गत प्रयोगका मापदण्डबारे म्यानमारकै लागि एउटा छुट्टै पेज बनाइएको छ र म्यानमारका नागरिक समाज एवं स्थानीय समुदायलाई नियमित रूपमा प्रशिक्षण दिने गरिएको छ ।’ उनले थपिन्, ‘निश्चित रूपमा हामीले थप काम गर्न सक्ने ठाउँ रहन्छ र समुदायलाई सुरक्षित राख्न स्थानीय विज्ञहरूसँग हामीले काम गरिरहने छौं ।’100409497 100397315 a19c2f60 29a3 45a9 980b e224608a2b91

सत्य–तथ्य पत्ता लगाउने राष्ट्रसंघीय ‘मिसन’ ले सोमवार अनुसन्धानको प्रारम्भिक नतिजाहरू सार्वजनिक गरेको थियो । एउटा पत्रकार सम्मेलनमा मिसनका अध्यक्ष मार्जुकी दारूस्मानले सामाजिक सञ्जालले ठूलोस्तरमा मानिसहरूमा रोहिंज्या मुसलमानहरूप्रति नराम्रो व्यवहार गर्ने दिशामा उल्लेख्य भूमिका खेलेको पाइएको बताए । उनले थपे, ‘निश्चित रूपमा घृणा फैलाउने अभिव्यक्ति त्यसको एउटा हिस्साको रूपमा रहेको छ ।’ ‘जहाँसम्म म्यानमारको कुरा छ त्यहाँ सामाजिक सञ्जाल भनेको फेसबुक र फेसबुक भनेकै सामाजिक सञ्जाल रहेछ ।’100409501 100397313 8974ffb2 2cdd 4ed1 a40e 69ab0db41640

म्यानमारको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मा पाएकी विशेष अधिकारी याङ्गी लीले भनिन्, ‘हामीलाई थाहा छ उग्र राष्ट्रवादी बौद्धमार्गीहरूको आफ्नै फेसबुक पेज छ र वास्तवमा रोहिंज्या वा अन्य अल्पसंख्यक समुदायविरूद्ध घृणा फैलाउन उक्साइरहेका छन् ।’ राष्ट्रसंघले स्वतन्त्र रूपमा अनुसन्धान गर्ने आफ्नो प्रयासमा म्यानमार सरकारले अवरोध र्पुयाउने प्रयत्न गरेको जनाएको छ । म्यानमारमा गरिएको अनुसन्धानबारेको अन्तिम रिपोर्ट आउँदो सेप्टेम्बरमा सार्वजनिक गरिनेछ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७