इङलिस प्रिमियर लिग : साउथह्याम्टनलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा


१२ मंसिर २०७८, आईतवार
liverpool 7EB8hiBHuS

काठमाडौं, १२ मंसिर । इङलिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनलाई हराएको छ । गए राति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० गोलले हराएको हो ।

लिभरपुलका डिएगो जोटाको दुई तथा थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक÷एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै जोटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ३२ औँ मिनेटमा जोटाले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । त्यस्तै ३७ औं मिनेटमा अलकान्ताराले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

५२ औं मिनेटमा भान डाइकले एक गोल थपे । यो जितसँगै लिभरपुल १३ खेलबाट २८ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको चेल्सीको १२ खेलमा २९ अङ्क छ । साउथह्याम्टन १४ अङ्कसहित १४ औं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा उल्भ्स र नर्विच सिटीले गोलरहित बराबरी खेलेका छन् । एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति नै भएको अर्को खेलमा ब्राइटन र लिड्सले गोलरहित बराबरी खेलेका छन् ।

इङलिस प्रिमियर लिगमा हिजो भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोलले हराएको छ । घरेलु टोलीको जितमा बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे । साकाले खेलको ५६ औं मिनेटमा र गाब्रियलले ६६ औं मिनेटमा गोल गरे । जितपछि आर्सनल १३ खेलबाट २३ अङ्कसहित पाँचौँ स्थानमा छ । न्युक्यासल ६ अङ्कका साथ पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७