अझै शुरु हुन सकेन एमाले महाधिवेशनको बन्द सत्र


१२ मंसिर २०७८, आईतवार
bandasatra uml2021 11 28 05 39 07

चितवन, १२ मंसिर । नेकपा एमालेको चितनवमा जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत गए राति स्थगन गरिएको बन्द सत्र अझै शुरु हुन सकेको छैन । आइतबार बिहान १० बजेदेखि हुने भनिएको बन्द सत्र अहिलेसम्म शुरु हुन सकेको छैन । शनिबारको बन्द सत्रले पादाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि महाधिवेशनमा विवाद भएको छ ।

बन्द सत्रले ओलीलाई सर्वाधिकार दिए पनि अहिलेसम्म अध्यक्ष ओलीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली तयार पार्न नसकेपछि बन्द सत्र शुरु हुन नसकेको हो । तर, ओली आइतबार बिहानैबाट नेताहरुसँग छलफलमा व्यस्त भए पनि ओली समूहमै पदाधिकारीमा सहमति हुन नसकेपछि थप सकस भएको छ । उता अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता भीम रावलले आफ्नो उम्मेदवारीको पर्चा बाँडिरहेका छन् ।

ओलीलाई माधवकुमार नेपालको साथ छाडेर आएका, माओवादीबाट आएका र आफू निकटका नेताहरुलाई मिलाउनु पर्ने बाध्यता छ । सर्वसम्मत गर्ने भनिए पनि ओली समूहमै वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिबमा शंकर पोखरेल र विष्णु पौडेलले दाबी नछाडेपछि ओलीलाई सकस भएको हो ।

यही मंसिर १० गते शुरु भएको महाधिवेशन आज सक्ने पूर्व घोषित तालिका भए पनि नेताहरुको व्यवस्थापनको विषयमा अन्योलता हुँदा महाधिवेशन लम्बिने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७