कांग्रेस ललितपुर सभापतिमा देउवा निकट श्रेष्ठ निर्वाचित


१२ मंसिर २०७८, आईतवार
Jitendra kumar shrestha nepali congress lalitpur

ललितपुर, १२ मंसिर । नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत आइतबार दिउँसो आएको जिल्ला अधिवेशनको दोस्रो चरणको अन्तिम नतिजा अनुसार श्रेष्ठ सभापतिमा विजयी भएका हुन् । उनी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

विजयी श्रेष्ठले सभापतिका अर्का उमेदवार रामकृष्ण चित्रकारलाई पराजित गरेका हुन् । उनले १२ मतले विजयी हासिल गरेका हुन् । श्रेष्ठले ६६५ मत पाएका छन् भने चित्रकारले ६५३ मत पाए । पहिलो चरणमा तेस्रो भएका मीनकृष्ण महर्जनले दोस्रो चरणमा चित्रकारलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७