चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची


१२ मंसिर २०७८, आईतवार
uml bandasatra 19 GcIgZnMk4Y

चितवन, १२ मंसिर । नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ । प्रस्तावित केन्द्रीय नेताहरूको सूची एमाले नेता विष्णु पौडेलले प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका छन् ।

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा दिएका थिए । चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका छन् ।

सूची तयार पारेपछि होटलबाट तद ओर्लिएर १० पृष्ठ प्रिन्ट गरेर पौडेल तलामाथि चढेका छन् । सूची बनाउने क्रममा केही केन्द्रीय सदस्यका दाबेदारहरुलाई बेग्लाबेग्लै बोलाएर अध्यक्ष ओलीले छलफल गर्दै पठाएका थिए । अब ओलीले अन्तिम रुप दिने र बन्द सत्रमा प्रस्तुत गर्ने बताइएको छ ।

स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ । सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्द सत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाललगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्द सत्र राखेका थिए । तर बन्द सत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७