आमा बन्दै प्रियंका, शुभचिन्तक चकित


३० फाल्गुन २०७४, बुधबार
priyanka karki

काठमाडौं, ३० फागुन : आयुष्मानसँग प्रेम सम्बन्धमा रहेकी चर्चित नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन् । चाँडै आफूले विवाह गर्ने बताइरहेकी प्रियंका आमा बन्ने खबरले उनका शुभचिन्तक चकित बनेका छन् । priyanka karki

नायिका प्रियंका रियल लाइफमा नभई रिल लाइफमा आमा बन्न लागेकी हुन् । नायिकाको भूमिकामै चलिरहेका बेला प्रियंका किन आमा बन्नु पर्‍यो भन्ने कुराले अहिले उनका शुभचिन्तक चकित भएका छन् । हाल सिने जगतका चल्तीका नायिकाहरु हुन् स्वस्तिमा खड्का र प्रियंका कार्की । तर, यिनै समकक्षी नायिकाहरु बन्दै गरेको चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ श्रृङ्खलामा भने आमा छोरी बन्ने भएका छन् ।priyanka karki

भदौ ८ गते प्रदर्शन मिति तोकिएको चलचित्रमा निर्देशक विकासराज आचार्यले नायिका प्रियंका कार्कीलाई निरन्तरता दिएका छन् । साथमा नायिका स्वस्तिमा खड्कालाई पनि भित्र्याइएको छ । स्रोतअनुसार बाल कलाकार अनुभव रेग्मी चलचित्रको मुख्य भूमिकामा रहने र नायिका प्रियंका कार्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । प्रेम कथामा आधारित चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७