कांग्रेस कञ्चनपुर सभापतिमा रमेश लेखक निकट पदम बोगटी निर्वाचित


१२ मंसिर २०७८, आईतवार
Kanchapur Congress1638095400

कञ्चनपुर, १२ मंसिर । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । उनले सभापतिका अर्का उम्मेदवार बहादुर थापालाई पराजित गरेका हुन् ।

केहीबेरअघि प्राप्त अन्तिम नतिजाअनुसार कुल खसेको एक हजार ५७१ मतमध्ये बोगटीले ८०६ मत प्राप्त गरे । यस्तै, थापाले भने ७१५ मत प्राप्त गरे । बोगटी रमेश लेखक निकट नेता मानिन्छन् । थापा एनपी साउँद निकट मानिन्छन् ।

यस्तै, उपसभापतिमा मिनबहादुर सिंह ७८६ मत, ७६३ मतका साथ हरिचन्द्र राना विजयी भएका छन् । सचिवमा भमराज भट्ट ७२८ र हेमराज ओझा ६९४ मत ल्याउँदै विजयी भए । सह सचिवमा नाफुसिह साउद ७२६ र पुष्कल चौधरी ६७४ मत प्राप्त गर्दै विजयी भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७