सर्लाहीमा कांग्रेस वडा अधिवेशनमा मन्त्रीका अङ्गरक्षकले चलाए गोली


१२ मंसिर २०७८, आईतवार

सर्लाही, १२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (आइतबार) देखि सर्लाहीमा शुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो ।

विवाद हुँदा प्रदेश–२ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अङ्गरक्षकले गोली चलाएका हुन् । मन्त्री सिंहसँग पार्टीकै केन्द्रीय नेता अमरेश सिंह निकटको नेताहरूले विवाद गरेको बताइएको छ । सोही क्रममा मन्त्रीको अङ्गरक्षकले गोली चलाएका हुन् ।
अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बलराको ८ र ९ नम्बर वडाको अधिवेशनमा विवाद हुँदा गोली चलाएको बताए । उनका अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।

विवादका कारण त्यहाँको अधिवेशन रोकिएको छ । उनका अधिवेशनस्थलमा झडप भएको थियो । सोही क्रममा मन्त्रीको अङ्गरक्षकलाई चोट पनि लागेको छ । ११ वडा रहेको बलरामा पाँच वडामा सहमति भएको छ । चार वडामा छलफल चलिरहेको बताइएको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने निर्वाचन अधिकृतको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७