एक घण्टा पछि सर्‍यो एमाले बन्द सत्र


१२ मंसिर २०७८, आईतवार

काठमाडौं, १२ मंसिर । नेकपा एमालेको दसौँ महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहान १० बजेदेखि सुरु हुने भनिएको बैठक साँझ सात सुरु गर्ने तयारी गरिएको थियो । तर ७ बजे पनि बैठक सुरु हुन सकेन । एमाले नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय सदस्यहरुको क्लस्टर मिलाउन पर्ने भएकाले बैठक बस्न थप एक घण्टा लाग्न सक्ने बताए ।

बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो । अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७