एमालेको बन्द सत्रको तयारी, बढाइयो सुरक्षा सतर्कता


१२ मंसिर २०७८, आईतवार

चितवन, १२ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गतको बन्द सत्र शुरु गर्ने तयारी गरिएको छ । निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी बन्द सत्र शुरु हुन लागेको छ । बिहान १० बजे बोलाइए पनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो । ७ बजे पनि ढिलो भएपछि एक घण्टा पछि सारेर ८ बजेका लागि बन्द सत्र बोलाइएको थियो ।

अहिले बन्दसत्रस्थल होटल सेभेन स्टार प्रतिनिधिहरुको चहलपहल बढेको छ । सुरक्षा चेकजाँच गरेर प्रतिनिधिहरुलाई बन्द सत्र हलभित्र प्रवेश गर्न थालेका छन् । ओलीसँगको छलफलपछि उनी निकटका नेताहरु होटल सफारीबाट बाहिरिएका छन् । उनीहरु बन्दसत्र स्थल आउँदै गरेको नेताहरुले बताएका छन् । प्रतिनिधिहरु बन्द सत्र हलमा जम्मा हुने थालेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७