२०७८ मंसिर १३ गते सोमबारको तपाईको राशिफल


१३ मंसिर २०७८, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्ने छ । चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्च समेत बढ्ने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । शेयर बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने छ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम बिग्रिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । धार्मिक कार्यको योजना बन्ने छ । भूमिबाट पनि लाभ रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पूरा हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लक्ष्मी प्रसन्न हुने योग छ । महत्वपूर्ण कामको योजना बन्ने छ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मनपरेको खानेकुरा खान पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता पनि सफलता पनि मिल्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्य तथा संगीतमा रुचि पनि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्ने छ । आफ्नो उद्योग र व्यापारमा विशेष फाइदाको योग पनि छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७